आज  माघे संक्रान्ती , हिन्दु नेपालीहरुले विहानै नजिकका खोला नदीमा गई मकर नुहाए , माघे संक्रान्तीको अवसरमा नेपालभरिनै विभिन्न ठाउमा मेला लाग्दै ।
सत्तारुढ दलहरु प्रक्रियामा जादा माघ ८ मा संविधान नआउने हुदा सहमती गर्न राष्ट्रपति रामबरण यादवको सुझाब ।
अङ्क गणितीय आधारमा जबर्जस्ती संविधान जारी भए विद्रोह गर्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  चेतावनी ।
नक्कली प्रमाणपत्र पेश गरी सरकारी क्षेत्रमा जागीर खाने कर्मचारी विरुद्धको १७ सय मुद्धा अख्तियारमा , नक्कली प्रमाणपत्र पेश गर्नेमा सबैभन्दा बढि शिक्षक रहेको जानकारी ।
लोडसेडिङ फेरी बढ्दै ,हाल साताको साडे ७० घण्टा लोडसेडिङ भइरहेकोमा आइतबारबाट लागु हुने गरि सातामा ७५ घण्टा लोडसेडिङ हुने ।
शिक्षा नियमाबली विपरीत परिक्ष्ाँ लिन लागिएको भन्दै भएको चौतर्फी विरोध पछि प्यावसनले लिन लागेको सेन्टप परिक्षा स्तगित ।

भरत सुवेदीद्वारा मन्त्रिपरिषदको निर्णय, सामान्य र अर्थ मन्त्रालयको आदेश अनुसार राजस्व अनुसन्धान विभागको उप–महानिर्देशकबाट श्रम मन्त्रालयमा फिर्ता हुन अस्वीकार ।
नेपालमा बहुमतका आधारमा नभई सहमतिमा संविधान जारी गर्न संयुक्त राष्ट्रसंघको जोड,   सवै पक्षलाई लचकता अपनाउन  आग्रह ।

फ्रान्शको शार्ली हेब्दो पत्रिकामा १२ जनाको ज्यान जाने गरि भएको हमला पछि पहिलोपटक छापिएको पत्रिका एकैदिनमा ३० लाख प्रति विक्री , अत्याधिक माग पछि ५० लाख प्रती फेरी छापियो ।

0 comments:

Post a Comment

EDUCATION

 
Top