विराटनगरका पत्रकार व्रम्हदेव यादवलार्इ कुटपिटमा संलग्न भएको भनिएका सुनसरी मोरङ सिचाईं आयोजनाका इन्जिनियर केदार तिवारी र भान्छे सुधीर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरको भृकुटी चोकबाट उनीहरुलाई मंगलबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नावय उपरिक्षक प्रभुप्रसाद पराजुलीले जानकारी दिए ।आयोजनामा भएको भ्रष्टाचार सम्वन्धि समाचार लेखेको भन्दै गत बुधबार आयोजनाकै कर्मचारीहरुले पत्रकार यादवलाई कुटपिटगरेका थिए ।
कुटपिटमा संलग्न भनिएका चारजना मध्ये डिभिजनल ईन्जिनियर तारा पौड्याल र इन्जिनियर प्रेमचन्द्र झालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङले सोमबार प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापन पत्र बुझाएर पत्रकारलाई कुटपिट गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेको थियो ।

0 comments:

Post a Comment

EDUCATION

 
Top